Newsportal

हरितालिका तिजको अवसरमा पर्वत तिज उत्सव हुँदै

869

काठमाडौं।नेपाली काङ्ग्रेस पर्वत काठमाडौं सम्पर्क समितिले महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा आउँदो भदौ २२ गते पर्बत तिज उत्सब २०७५ तथा लाइभ दोहोरी कार्यक्रमको आयोजना गरेको छ।

उक्त कार्यक्रममा करिब ५०० जनाको उपस्थिती रहने र डेढ दर्जन कलाकारले आफ्नो प्रस्तुति दिनुका साथै कार्यक्रमको अन्त्यमा रिले दोहोरी गरि कार्यक्रमको भब्य समापन गरिने लोकप्रिय गायक तथा कार्यक्रम संयोजक कृष्ण समीप सुबेदीले जानकारी दिए। कार्यक्रम भदौ २२ गते बालुवाटार स्थित डेलिस ओपेराको हलमा दिउसो २ बजेबाट शुरु हुने पनि सुबेदीले बताए ।

समपर्क समितिका अध्यक्ष ओम शर्मा चापागाईंले भने नेपाली काङ्ग्रेस राजनितीक गतिविधीलाई मात्र आत्मसाथ नगरी सामाजिक साँस्कृतिक कार्यक्रमलाई पनि उत्तिकै जिम्मेवारीका साथ गहन गर्दै अगाडि बढने बताउँदै कार्यक्रमलाई भव्य र सव्य बनाउनेमा हाम्रो कुनै प्रयास कमि नरहने विश्वास व्यक्त गर्दै सम्पुर्ण आमा बुबा दाजुभाई तथा दिदिबहिनिलाई कार्यक्रममा गरिमामय उपस्थिती जनाई कार्यक्रमलाई भव्य र सफलतापुर्वक सम्पन्न बनाउनका लागि हार्दिक निमन्त्रणा व्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.