Newsportal

आजदेखी सोह्र श्राद शुरु जान्नुहोस सोह्र श्रादमा के गर्ने,के नगर्ने?

744

काठमाडौं । आजदेखि पितृपक्ष अर्थात सोह्र श्राद्ध शुरु भएको छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ ।

यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो । यो वर्षको सोह्रश्राद्ध आश्विन ९ गते प्रारम्भ भई आश्विन २३ गते समाप्त हुन्छ ।

देखिएको वा नदेखिएको कुनैपनि आदर्श गुण, विशिष्ट कुराहरुको महत्व र शक्ति आदिबाट मनलाई प्रभावित गरी त्यसप्रति उत्पन्न हुने आदर्शपूर्ण भावना, इश्वर र धर्म आदि आफ्ना पूज्य तथा मान्यताप्रतिको सद्भाव, आस्था, निष्ठा, विशवास, भक्तिभावलाई नै श्रद्धा भनिन्छ । त्यहि मान्यता अनुसार शास्त्र तथा कुलहरुको बिधी आचरण अनुसार पितृहरुले प्राप्त गर्नेगरि श्रद्धापूर्वक गरिने कर्मलाई नै श्राद्ध भनिन्छ ।

हिन्दु धर्मशास्त्रमा जिवात्माहरुको ८४ लाख जुनी हुने दाबी गरिएको छ । ति जुनिहरु मध्ये सवोर्त्कृष्ट नै मानव जीवन हो । मानव जीवन उन्नत भएकै कारण मृत्यू भईसकेका जन्मदिने आमाबाबु तथा तिनपुस्ते दाजुभाईर मावली सहित समस्त पितृहरुलाई सम्झिएर तर्पण दिएर पितृ कर्तव्य पुरा गरिन्छ ।

जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरुका लागि वर्षको दुई पटक श्राद्ध ९पिण्डदान० गरिन्छ । जस अनुसार आश्विन कृष्णपक्ष पितृपक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फूपुहरुलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटामात्र पितृकालागि गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ ।

पिण्ड भनेको श्राद्धमा पितृकानाममा चढाइने भात, जौ तथा गाईको दूधबाट तयार गरिएको खिरको डल्लो हो । गाईको दूध, मह, घिउ र खुदो राखेर पिण्ड पकाइन्छ र पिण्डबटार्ने बेलामा जौ र तील पनि राखिन्छ । आश्व्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदा मातामह श्राद्धसम्म सोह्र दिन हुने भएकोले पनि सोह्रश्राद्ध भनिएकोहो ।

पर्व अर्थात औंसीमा गरिने श्राद्ध भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी सात्विक भोजन गर्दछन् । यस्तो समयमा देवकार्य र देवस्थलमा दर्शन गर्न नहुने परम्परा रहेको छ । पार्वण श्राद्ध अपरान्हमा गर्नु भनि शास्त्रहरुले निर्देश गरेको पाइन्छ ।

मृत्यू भएपछि प्रेतको अवस्थामा पुगिने र त्यहाँबाट मुक्त भएपछि पितृहरुपितृलोकमा निवास हुन्छन् । पितृहरुका राजा यमराज हुन् । पुराणमा उल्लेख भए अनुसार मानिसदेवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । तर भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रैपितृ ऋणबाट मुक्ति पाइने विश्वास छ । पितृ रिसाएका खण्डमा देवकर्मबाट प्राप्त फलसमेत हरण हुन्छ ।

भारतका चारधाम लगायत नेपालमा वराहक्षेत्र, जनकपुरधाम, मुक्तिनाथ र दामोदर कुण्ड आदिमा तीर्थ गरेपछि सकुन्जेल सम्म श्राद्धकर्म समेतगर्नु पर्दछ । सोह्र श्राद्धको अन्तिम दिनलाई पितृविसर्जन गर्ने दिन भनिन्छ । सोह्रश्राद्ध सकिए लगत्तै नेपालीहरुको महान चाड बडादसैं सुरु हुन्छ ।

श्राद्ध के हो किन गरिन्छरु कसरी गरिन्छरु कहिले गरिन्छ

यी मूल प्रश्नहरु छन् हाम्रा सामु। आश्विनकृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोहश्राद्ध भनिन्छ। पूर्णिमासमेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा सोह्रै दिन पूरा हुन्न। चतुर्दशीका दिन पनि शस्त्राश्त्रले हताहत भई मरेकाका लागि मात्र गरिन्छ।

सामान्यदिनहरुमा यो लगभग १३।१४ दिनको हुन्छ र एकदिन मघायुक्ततिथि पर्नाले छोराहरु हुनेले पितृपक्ष भए पनि त्यो दिन पिण्डदान गर्दैनन्। मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति। मघामा पिण्डदान गर्नाले जेठो छोरोलाई हानी हुन पुग्छ। अन्यतिथि खोजी सोह्र श्राद्ध गर्छन् वा अँौंसी, एकादशीमा गर्छन् वा सिदा तर्पणवाटै बिसर्जन गर्छन् पितृहरुलाई।

श्राद्धको परिचय गर्नु पर्दा मूलतः श्राद्ध भनेको श्रद्धा नै हो। आफ्ना दिवंगत पितृहरुको उद्धार, उनीहरु प्रतिको समर्पणभाव र उनीहरुप्रतिको दयाभाव हो। आफ्ना पिता, माता र पुर्खा बिना यस धर्तीमा उदय असंभव भएको र उनीहरुकै प्रेरणा पाएर, उनीहरुकै लालन, पालन, उचित शिक्षाको प्रबन्ध भएरै सन्ततिहरु अघि बढेका हुन्छन्।

बिशेषज्ञ सेवा पाएर डाक्टर, वकिल, इन्जिनियर, पत्रकार, लेखक, साहित्यकार, प्रशासक, नेता र उच्च वर्गदेखि सारा मानवजीवन संचालन भैरहेको हुन्छ। इतिहास र पूर्वजको संस्मरण बिना आजको सुरु र भविष्यको समुन्नत सुखको कल्पना निरर्थक हुन्छ। दिवंगत पितृहरुले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरुले देह धारण गरेका हुन्छन् र तत्तत् योनिका खाना स्वरुप आ–आफ्ना दिवंगत पितृहरु तृप्त हुन्छन् र देवत्वमा प्राप्त गरेका पितृहरुले पनि आफ्नो सन्ततिवाट केही आशा गरेका हुन्छन्।

त्यसैले समय र स्थान बिशेष परिवर्तन र वातावरण अनुकूल नभएकै कारण देखाई पुत्रहरुले पितृप्रति गरिने कर्म लोप गर्न मिल्दैन। आफ्नो गच्छेअनुसार पितृदेवताको उपासना गर्नै पर्ने हुन्छ।

तर्पण

अघिल्लोदिन एकभक्तिमा बसेर, श्राद्धको दिन सर्वप्रथम तर्पणको आरंभ गरिन्छ। पु नामक नरकबाट तार्नेको नाम पुत्र भएकाले भावी र बिगतका पिँढीहरुका लागि छोराको कर्तव्य किंचित् बढी तोकिएको छ। लालना, पालना र कर्मको खातिर वावुले, आमाले गरेको अथक प्रयास र सो ऋणवाट चुक्ता हुने गतिलो साधन भनेको वर्षभरि मरेका पितृहरुका नाममा गरिने तर्पण नै हो।

शास्त्रीयप्रमाण खासगरी ब्रह्मपुराण, नारदपुराण, भविष्यपुराण, हेमाद्री, मनुस्मृति याज्ञबल्क्य आदि र अन्यसंहितालाई आधार बनाएर तर्पणको क्रममा हरेकबिहान तर्पण संभव नदेखिंदा आजभोलि श्राद्धकैदिन अघि वा पछाडि गर्ने चलन चरेको छ। जौ तिल कुशले प्रतिज्ञा गरी जलदान गर्ने काम नै तर्पण हो। यसमा सर्वप्रथम ब्रह्मादि ३ देवताहरुलाई जनै सव्यले जलदान गरिन्छ।

पूर्व फर्केर प्रजापति, देवताहरु, ऋषिहरु, गन्धर्वहरु, देवी, अप्सरा, नागहरु, यक्षहरु, पिशाच, भूत, पशु, मनुष्य, वनस्पति, औषधि, अत्रि, मरीचि, अत्रि आदि ऋषिहरु, भृगु, बशिष्ठ आदिलाई तिल कुशले जलदान गरिन्छ। त्यसपछि जनैलाई माला लगाएर दुईदुईपटक सातमनुष्यहरुलाइर्, पितृहरुलाई जलदान गरिन्छ। पछि अपसव्य भएर खगौतोवाट मोटक, तिलसहित दिव्य पितृहरुलाई तर्पण गरिन्छ। त्यसपछि आफ्ना पिता पुर्खा, मावली, बन्धुबान्धवलगायत दिवंगत सबै पितृहरुलाई तर्पणदान गरिन्छ।

सन्तति नभएर पिण्ड पानी नपाउनेहरुका लागि पछाडि छुटृै तर्पण गरिन्छ। जनैलाई जलमा चोपेर। पिशाचहरुले खान पाउने जल भनेको स्नान गर्दा लगाएको कपडा निचोरेको जल भन्ने पनि आहान छ। जनै निचरेर दिनु भनेको संकेत त्यही हो। पछि सूर्यलाई अर्ध्य दिई दशै दिशा नमस्कार पश्चात् तर्पणको बिधि पूरा हुन्छ।

Leave A Reply

Your email address will not be published.