Newsportal

चीनका सबैभन्दा धनी ज्याकलाई पछि पार्दै अम्बानी

612

काठमाडौं।सन् २०१८ जुलाईमा मुकेश अम्बानी एशियाको सबैभन्दा धनी बनेका थिए । उनले चीनका इ–कमर्श कम्पनी अली–बाबाको संस्थापक अध्यक्ष ज्याक मालाई पछाडि पारेका थिए । ब्लूमबर्ग बिलेनियर इण्डेक्समा ज्याक मा हाल १९ औँ नम्बरमा छन् । उनको कुल सम्पत्ति ४१।६ अर्ब डलर हुन् । उनी चीनका सबैभन्दा धनी व्यक्ति हुन् ।

रिलायन्स इण्डस्ट्रिजले लगातार ३ त्रैमासिकदेखि उच्च प्रदर्शन गरिरहेको छ । सन् २०१८ को अक्टुबर–डिसेम्बर त्रैमासिकमा कम्पनीलाई १६ हजार करोड रुपैया बढी नाफा भएको थियो । रिलायन्स इण्डस्ट्रिजको सबैभन्दा ठूलो शेयरधनी भएको हुनाले यो बृद्धिले मुकेशको सम्पत्ति बढाएको हो ।

भारतीयहरुमध्य मुकेश अम्बानीपछि इण्डेक्समा विप्रोका अध्यक्ष अजीम प्रेमजी छन् । उनी १९।३ अर्ब अमेरिकी डलरसहित ४६ औँ स्थानमा छन् । त्यसपछि आर्सेलर मित्तल स्टीलका अध्यक्ष लक्ष्मी मित्तल९८० औँ स्थान० र एचसीएलका संस्थापक शिव नडार९८५ औँ स्था० छन् ।

Leave A Reply

Your email address will not be published.