Newsportal

मानव अङ्ग प्रत्यारोपण केन्द्रका नर्स गिरफ्तार

3,272

काठमाडौं।अस्पताल सुधार को माग राख्दा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स गिरफ्तार ।

अस्पताल सुधार र नर्सको पेसागत हितका लागी आन्दोलन गर्दा सहिद धर्मभक्त रास्टिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सहरुलार्इ अस्पताल प्रशासनले गिरफ्तार गरेको छ।

८ बर्ष देखी करारमा कार्यरत नर्सलार्इ अन्तरिक प्रतिस्पर्धाबाट स्थाइ गर्नुपर्ने,समयमा तलब पाउनु पर्ने, अस्पतालमा भएका अत्याकस्यक उपकरणहरु प्रयोगमा ल्याउनु पर्ने लगायतका माग राख्दै २०० भन्दा बढी करारमा कार्यरत नर्स आन्दोलनमा उत्रेका थिए ।

अस्पतालमा कार्यरत नर्सका अनुसार उक्त सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र का प्रमुख डाक्टर पुकार चन्द्र श्रेस्ठले उक्त सरकारी अस्पतालका उपकरणलार्इ चलाउन नदिएर पुल्चोक स्थित आफ्नो निजि अस्पताल निदान हस्पिटलमा पठाएर चर्को सुल्क असुल्ने गरेको र कसैले त्यस ज्यादती बिरुद्द आवाज उठाए गुण्डा परिचालन गरेर धम्क्याउन लगाउने गरेको बताइन।

Leave A Reply

Your email address will not be published.