Newsportal

बुर्लाकोटी सेवा समाजको अध्यक्षमा डा.गोकुल र सचिवमा बिमन निर्वाचित

807

काठमाडौं। बालाजु स्थित बालाजु कराते डो(प्रतिष्ठानको हलमा हिजो सम्पन्न बुर्लाकोटी सेवा समाजको चौथो साधारणसभाले डा.गोकुल बुर्लाकोटीको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

संस्थाका अध्यक्ष श्री डा.गोकुल बुर्लाकोटीको अध्यक्षतामा बसेको बुर्लाकोटी सेवा समाजको चौथो साधारणसभामा संस्थाका संरक्षक एवं प्रख्यात रेडियोलोजिष्ट श्री डा.तिर्थराज बुर्लाकोटी ,संस्थाका सल्लाहकारहरू संविधानसभाका सदस्य श्री गुरु प्रसाद बुर्लाकोटी , समाजसेवी एवं लायन्स लिडर श्री बालकृष्ण बुर्लाकोटी लगायत देशका विभिन्न क्षेत्रमा छरिएर रहेका बुर्लाकोटी बन्धुहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त बुर्लाकोटी सेवा समाजको चौथो साधारणसभा बाट अधिवक्ता श्री हरिश्चन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले सेवा समाजको निम्नानुसारको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउँदै कार्यक्रम समापन भएको थियो ।

अध्यक्ष :श्री डा गोकुल बुर्लाकोटी
उपाध्यक्ष:श्री लेखप्रसाद बुर्लाकोटी
सचिव:श्री बिमन बुर्लाकोटी
सहसचिव:श्री रामेश्वर बुर्लाकोटी
कोषाध्यक्ष:श्री बुद्धि बुर्लाकोटी
सहकोषाध्यक्ष:श्री ज्ञानु बुर्लाकोटी
सदस्यहरू
श्री हरिकृष्ण बुर्लाकोटी
श्री ठाकुर बुर्लाकोटी
श्री राजकुमार बुर्लाकोटी
श्री लेखनाथ बुर्लाकोटी
श्री मुक्ति बुर्लाकोटी

Leave A Reply

Your email address will not be published.