Newsportal

शुभकामना तथा अन्तरक्रिया कार्यक्रमःनेपाली कांग्रेस पर्वत

415

विविसीपाटी।नेपाली कांग्रेस जिल्ला कार्यसमितिले शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कार्यक्रम भव्य र सव्य बनाउनको निमित्त पत्राचार र टेलिफोन मार्फत पनि सम्पुर्ण नगरपालिका गाउँपालिकामा समर्पक गरिसकेको पर्वत जिल्ला सभापति युवराज जोशीले जानकारी दिएका छन ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतले शुभ विजयादशमीको २०७९ को पावन अवसरमा जिल्लाको ७ वटै नगर गाउँपालिकामा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा सम्बन्धित नगर गाउँपालिका द्धारा वडा कार्यसमिति,टोल कार्यसमिति ,क्षेत्रिय प्रदेश प्रतिनिधिहरु,भातृ तथा शुभेच्छुक संस्थाहरु र पालिका कार्यसमितिलाई निम्न अनुसारको मितिमा कार्यक्रम आयोजना गर्न अनुरोध गरेको छ ।
१ आश्विन ८ गते जलजला गाँउपालिका
२ आश्विन ९ गते मोदि गाउँपालिका
३ आश्विन १० गते महाशिला गाँउपालिका
४ आश्विन ११ गते पैयुँ गाउँपालिका
५ आश्विन १२ गते विहादी गाउँपालिका
६ आश्विन १३ गते फलेवास नगरपालिका
७ आश्विन १४ गते कुश्मा नगरपालिका

Leave A Reply

Your email address will not be published.