Newsportal

साझा गठवन्धन घर घरमा पुग्दा पर्वतवासी खुशी

350

पर्वत नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगाएतका अरु ४ दलिय साझा संयुक्त गठवन्धनको चुनावी प्रचारप्रसार आज देखी शुरु भएको छ ।
आगामी मंसिर ४मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज कुश्मा नगरपालिका २ खुर्कोट हुँदै पांग सम्म भेटघाट कार्यक्रम गरेको छ ।

खुर्कोट नेपाली काँग्रेसको गढका रुपमा मानिन्छ । उसो त हाल गठबन्धनवाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीका स्वर्गिय बुवा अमृतप्रसाद जोशीको जन्मथलो पनि हो त्यसैले पनि अर्जुन जोशीले शुरुवात खुरकोट देखी गरेको हुन सक्ने कुरा अनुमान लगाउन सकिन्छ ।

बिहीवार एकाबिहानै गठबन्धनको टोली सहित खुर्कोट पुगेका जोशी सहित प्रदेश सभा ९क० का उम्मेदवार सुदिप कुवँरलाई खुर्कोटवासीले फुलको गुच्छा दिएर स्वागत गर्नुका साथै खुशी प्रकट गरेका थिए । उम्मेदवारहरुले जनताको घरघरमा पुगेर जनताका गुनासो सुन्नुका साथै समस्यालाई टिपोट गर्दै उनिहरु माथि खुर्कोट पांगवासीले गुनासो पोखेका छन।

घरदैलो प्रश्चात कोण सभामा बोल्दै जोशीले खुर्कोट र पांग बासी बुवाआमा, दाजुभाई तथा दिदिबहिनीहरुलाई भोट दिएर गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरेका छन । उनले बुवाको सपना सँगै पर्वतवासी जनताको विकासे भोक मेटाउन आफु पुन उम्मेदवार बनेको कुरा जिकिर गर्दै मुलरुपमा अहिले जनतालाई झुक्याउने,झुटो आश्वासन दिने र गर्नै नसकिने कुरा पनि गर्न सकिन्छ भन्ने दुई दुई चोटी सम्म संसद भंग गर्ने र संसद भंग गर्न नसके संसद चल्न नदिने कुन सरकारले हो भन्ने कुरा जनताले वुझिसकेको कुरा बताउदैं हाम्रो सरकारका नेता स्वास्थय मन्त्री हुँदा स्वास्थय विमाको शुरुवात गरेका थिए तर सुन्नमा आएको छ हाम्रो विपक्षी एक नेताले स्वास्थय विमा हामीले शुरुवात गरेका हौं भनेको सुन्दा उनिहरुले दिनलाई रात र रातलाई दिन भन्न पनि कत्ति कसर बाँकी नराखेको कुरा उल्लेख गरेका छन ।

पर्वत जिल्ला प्रदेश सभा क का उम्मेदवार सुदिप कुवँरले उम्मेदवारका रुपमा आफु नयाँ भएपनि खुर्कोट,पागं र पर्वत जिल्लाको समस्याका वारेमा आफु परिचित रहेको बताउँदै बामगठबन्धनलाई भोट दिन आग्रह गरेका छन ।

Leave A Reply

Your email address will not be published.