Newsportal

वौद्धिक नेता जोशीमाथीको आरोप गलत

239

निर्वाचन आयोगले कस्तो अनुगमन गरेको जसले जस्तो उजुरी गर्दैमा त्यो उजुरीको सत्य तथ्य पत्ता लगाएर स्पष्टिकरण सोधनेकी उजुरी मात्रैको भरमा चल्ने ।
विविसीपार्टीले गोला रिर्पोट गर्दा धेरै व्यक्तिसँग प्रतिनिधिसभाका उमेदवार अर्जुन जोशीलाई लागेको आरोप र स्पष्टिकरण माथि प्रश्न गर्दा अधिकांश व्यक्तिले निर्वाचन आयोग माथि नै प्रश्न पैदा भएको कुरा स्पष्ट पारेका छन ।

हिजो मात्र निर्वाचन आयोगले पर्वत प्रतिनिधिसभाका उमेदवार अर्जुन प्रसाद जोशी सँग स्पष्टिकरण सोधेको छ ।तर जुन कुरालाई लिएर स्पष्टिकरण सोधेको हो त्यो कुरा आचरसहिंता लागु हुनुभन्दा एकमहिना पहिला गरेको कार्यक्रम हो भन्ने कुरा खुलेको छ ।
यस विषयमा निर्वाचन आयोग गलत छैन होला यदि निर्वाचन आयोग गलत थियो भने पर्वतमा मात्र नभएर अरु जिल्ला लगाएत देश भरमा नै गलत हुनुपर्ने तर त्यस्तो देखिएन यो नितान्त व्यक्तिका कारण निर्वाचन आयोग गलत हुन पुगेको छ त्यस्तो व्यक्तिलाई निर्वाचन आयोगले कस्तो अनुगमन अनुसन्धान गरि कारवाही गर्लाकी उसलाई झन सुरक्षित गर्ला यो विषयमा निर्वाचन आयोग गम्भिर हुनुपर्ने एक व्यक्तिको गुनासो छ ।
आयोगले जोशीलाई आर्थरडाँडाखर्कमा २०७९ भदौ २४ गते पञ्चकोशी माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोमा स्पष्टिकरण सोधेको हो तर आचरसहिंता असोज १२ देखी लागेको हो,यो स्पष्टिकरणले आयोगले जनतासामु निष्पक्ष्ता नदेखाएर निर्वाचन आयोग पर्वत माथि औंला उठेको छ,यसमा निर्वाचन आयोग पर्वत गम्भिर हुनुपर्छ ।

आचारसंहिता लागु हुनुभन्दा एक महिना अगाडीको कार्यक्रमको विषयमा आफुलाई आयोगले स्पष्टिकरण सोधेकोमा जोशीले आश्चर्य प्रकट गरेका छन । निर्वाचन आयोगमा गरिएको उजुरी उपर गहिरो गरि अध्ययन नगरि निर्वाचन आयोगले उम्मेदवारलाई स्पष्टिकरण सोधिएपछि आयोगको निष्पक्षतामा समेत प्रश्न उठेको छ । निर्वाचन आयोगका कानून अधिकृत मोहनराज जोशीद्धारा हस्ताक्षरित पत्रमा जोशीलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन माग गरिएको छ । आयोगको स्पष्टिकरणलाई सम्मान गर्दै प्रतिनिधीसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले जिल्ला निर्वाचन कार्यालयमा जवाफ पेश गरिसकेका छन ।

Leave A Reply

Your email address will not be published.