Newsportal

शशांकको खोटो सोच समझ नियत

551

डा. जशवीर माझी
जननायक विश्वेश्वर प्रसाद कोइराला ९वीपी० का कान्छा छोरा डा। शशांक कोइरालाले स्वास्थ्य सेवा र अस्पतालको व्यापार छाडेर राजनीति गर्न थालेका पनि निकै भयो । नेपालको सत्ता राजनीतिमा जंगबहादुर र चन्द्र शमशेर भन्दा पनि एक समय बलिया भएर शासन गरेका गिरिजाप्रसाद कोइरालाको अवसान पछिको कांग्रेस राजनीतिमा डा। शशांकको सक्रियता देखिएको हो । गिरिजाप्रसाद जंङ्गे र चन्द्रे भन्दा पनि बलिया शासक किन भनेको भने उनीहरुले शासन गर्दा राज मुकुटलाई खोपीमा थन्काएका भए पनि राजाको लाल मोहर छाप अनिवार्य धानेका थिए । तर गिरिजाले त त्यो पनि रछ्यानतिर हुत्याएर आफै राजा जस्तो भएर मछेन्द्रनाथको भोटो देखाएका थिए । गिरिजा वीपीका कान्छा भाइ थिए । कान्छा भाइको अवसानपछि कान्छा छोरा अघि सर्नुलाई हाम्रो जस्तो परिवारवाद हावी भएको राजनीतिमा त्यति अस्वभाविक पनि भएन ।

नेपाली कांग्रेसको राजनीति भारतीय प्रजातन्त्रबाट गाइड रहेको त सबैलाई थाहा छ । भारतीय राजनीतिमा नेहरु परिवारका राहुलगान्धी राष्ट्रिय नेतृत्वमा स्थापित हुन सक्छन् भने नेपालमा कोइराला परिवारका शशांकले स्थापित हुने कोशीस गर्नुलाई सहयोगी भावनानै राखौं भन्ने पंक्तिकारको विचार छ । शशांकको वी।पी। कान्छा छोराको नाताले राजनीतिमा आउने कोशीसलाई कांग्रेस कार्यकर्ता र आम मतदाताले पनि सहज रुपमा लिइ दिए । कांग्रेस कार्यकर्ताले पार्टी महाधिवेशनमा भोट हालेर महामन्त्री नै बनाइ दिए । मतदाताले पनि पटक पटक भोट दिएर सभासद सांसद बनाइ दिए ।

यहाँसम्मको सन्दर्भमा वी।पी। पुत्र शशांकप्रति कुनै टिप्पणी आलोचना आवश्यक थिएन । किनभने नेपालको राष्ट्रिय राजनीतिमा अहिलेसम्म पनि वी।पी।को नाम सर्वाधिक अग्लो राजनीतिज्ञका रुपमा स्थापित छ ।आजको राजनीति दैनिकीमा पनि मिष्टर प्रचण्डदेखि कमल थापासम्मलाई वी।पी।को नाम उच्चारण गर्नु परिरहेको छ । टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता इतिहास पुरुषहरुले पनि स्वर्गारोहणको दशवर्षसम्म पनि मुस्किलले स्मृतिमा रहने गरेका पृष्ठ भूमिमा वी।पी। भने स्वर्गारोहरणको साढे तीन दशक पार हुँदासम्म पनि चर्चामा भेटिइरहनु सानो कुरा होइन् । गिरिजाप्रसाद कोइरालाको हालत त झन कस्तो भएको थियो भने उनी मरेको बार्षिकी भित्रमा उनकी छोरी सुजाता कोइरालाले राजधानी मन्डिखाटारको एउटा चोकमा सम्झना स्वरुप एउटा सालिक उभ्याउन खोजेकी थिइन । इँटा, बालुवा, सिमेन्ट सबै थुप्रि सकेको थियो ।

तर स्थानीय जनताले राष्ट्रलाई १७ हजारको चिहानमा उभिएर हिंसात्मक दश वर्षे रगतपच्छे दुर्भाग्यमा पु¥याएर यत्रो ठूलो बर्बादी र तहसनहस निम्त्याउनेको के को सालिक रु भनेर सबै इँटाबालुवा सिमेन्ट काम न लाग्ने बनाइ दिएका सबै ठूला मिडियाहरुले हाइलाइट ब्रेकिङ समाचार बनाएका थिए । वी।पी। को साढे तीन दशकसम्म पनि चर्चा जिवित रहनु कत्रो ठूलो महत्वको कुरा भन्ने दर्शाउन मात्र गिरिजाको उल्लेखित उदाहरण अघि सारिएको हो । अर्को उदाहरण सूर्यबहादुर थापाको नै हेर्नुहोस् । ५÷७ पटक कति प्रधानमन्त्री भए । एक समय सूर्यबहादुरलाई जिउँदो जङ्गबहादुर भनिन्थ्यो र यदि भारतले साथ दिएको भए वी।पी।लाई झुन्ड्याइ दिन्थे । उनी मरेका दुई तीन वर्ष पनि भएको छैन । तर उनको चुनाव क्षेत्र धनकुटाका मतदाताले उनका राजनीतिक उत्तराधिकारी छोरालाई हराइ दिए । वी।पी।को कान्छो छोरा भएका नाताले नै शशांकले पार्टी कार्यकर्ता र मतदाताको माया र भरोषा पाएका हुन् । यो कुरोमा उनले हेक्का राख्न न सकेका र वी।पी। र गिरिजाबीचको फरक छुट्याउन नसकेका धेरै उदाहरणहरुमध्ये एउटा उदाहरण अघि सारेर यो टिप्पणीको विट मार्छु । सल्लाह र सुझाव ध्वंसात्मक नभएर रचनात्मक हो ।

समाचार यसै साताको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी सुप्रिमो मिष्टर प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्रीको ग्यारेन्टी दिएपछि महामन्त्री शशांक कोइराला आफ्ना चुनाव क्षेत्रका विजयी तुल्याइदिने मतदातालाई धन्यवाद दिन गैडाकोट मुकाम पुगेका रहेछन् । त्यहाँ उनले मतदातालाई जे भने त्यसमा सारा सामाजिक संजाल, छापा इलेक्ट्रोनिक मिडिया, विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापकवर्ग, राजनीतिक विश्लेषक सबैले औंला ठडयाएर आलोचना गरे र गरिरहेका छन् । यो टिप्पणीलाई पनि त्यसैको एक कडी ठान्दा केही फरक पर्दैन । ‘अब हाम्रो कोशीष जसरी भए पनि प्रचण्डलाई वामगठबन्धनबाट अलग्याउने हुनुपर्छ । त्यो भएपछि कांग्रेस फेरि सत्तामा पुगि हाल्छ । साथीहरुले निराशा नभइ काम गर्नुहोस्’ शशांकको उल्लेखित हरफहरुले उनी भित्र कत्रो ठूलो खोटो सोच समझ घर गरेको थाहा पाउन अरु कुनै उदाहरण आवश्यक परेन ।

त्यसरी हाका हाकी अरुको पार्टी फुटाएर आफ्नो पार्टीलाई सत्तामा पु¥याउने कुरा गर्नु वी।पी। विचारको लिगेसीलाई भने सुहाउने कुरा भएन । ०५६ सालको चुनावमा एमालेबाट वामदेवलाई फुटाउन खुमबहादुर खड्काले ९ करोड खर्च गरेका भनेर कांग्रेस केन्द्रीय समितिमा ठूलो धाक छ । खड्काको त्यही धाकबाट प्रभावित भएर डा। शशांकले ‘वामगठबन्धन’को अप्रेशन गर्ने कुरा गरेका हुन भने भन्नु केही वचेन । होइन भने कांग्रेस महामन्त्री शशांक कोइरालाले राजनीतिक शास्त्र र अनुवभको अभावमा हिन्दूराष्ट्र चाहियो भनेर उटपटाङ कुरा गरे पनि अर्काको पार्टी फुटाएर आफूलाई फाइदा हुने खोटो सोच, समझ, नियत उदाङ्गो हुने कुरा चाहि न गरुन भन्ने सद्भावना पूर्ण आम अपेक्षा हो । अस्तु ।

Leave A Reply

Your email address will not be published.